Categories राजनीति

रास्वपाको सदस्यता लिएको खबरको खण्डन गर्दै यशवन्त यादवले भने– ‘म एमालेमै छु’

Advertisement

वीरगंज। पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता नलिएको स्पष्ट पारेका छन्। उनले आफू नेकपा एमालेमै रहेको जिकिर गरेका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित यादवले रास्वपाको सदस्यता लिएको भन्दै शुक्रबार विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा तस्बिरसहित समाचार सार्वजनिक भएका थिए।

Advertisement

उक्त समाचारको खण्डन गर्दै यादवले आफूले रास्वपाको सदस्यता नलिएको र एमाले पार्टीमै आबद्ध रहेको स्पष्ट पारेका हुन्।

Advertisement

काठमाडौंमा जारी एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको भेलामा सहभागी हुन पुगेका यादवले आफू एमालेको भेलामा सहभागी भएकोसमेत बताए।

आफ्नो लोकप्रियताबाट डराएका विपक्षीहरूले फोटो, इमेल आइडी र मोबाइल नम्बर दुरुपयोग गरेर रास्वपाको सदस्यता लिएको भन्दै भ्रामक प्रचार गरेको उनको आरोप छ। आफूले आफ्नै मोबाइलबाट रास्वपाको सदस्यताका लागि अनलाइन आवेदनसमेत नगरेको उनले दाबी गरेका छन्।

‘मेरो लोकप्रियताबाट डराएका विपक्षीहरूले मेरो फोटो, इमेल आइडी र मोबाइल नम्बर दुरुपयोग गरेर रास्वपाको सदस्यता लिएको छ भनेर भ्रम फैलाएका छन्। यो विपक्षीहरूको षड्यन्त्र हो,’ यादवले भने।

यादवले आफ्नोबारे समाचार लेख्दा सम्बन्धित व्यक्तिसँग प्रतिक्रिया नलिई हचुवा र हल्लाका भरमा समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीहरूलाई आग्रहसमेत गरेका छन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *