Categories समाचार

स्वागत गर्ने व्यक्तिको पद होइन, भारत भ्रमणबाट नेपालले पाउने उपलब्धि महत्त्वपूर्ण : गुप्ता

Advertisement

वीरगंज । रास्वपाका युवा नेता तथा समाजसेवी विनय गुप्ताले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा विमानस्थलमा स्वागत गर्ने व्यक्तिको पदलाई लिएर भइरहेको टीकाटिप्पणीप्रति असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुप्ताले कूटनीतिक भ्रमणको सफलता स्वागत गर्ने व्यक्तिको पद र प्रतिष्ठाले नभई भ्रमणबाट प्राप्त हुने उपलब्धिले निर्धारण गर्ने बताएका छन्।

Advertisement

उनले भारतीय सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहलाई विमानस्थलमा स्वागत गरेको विषयलाई अनावश्यक प्रतिष्ठाको मुद्दा बनाउन नहुने उल्लेख गरेका छन्। गुप्ताका अनुसार, चीनका राष्ट्रपति सी जिनपिङको भारत भ्रमणका क्रममा पनि जितिन प्रसाद स्वागतका लागि पुगेको विवरण सार्वजनिक भएको छ।

Advertisement

गुप्ताले प्रधानमन्त्रीको भारत भ्रमणबाट नेपालले व्यापार, पारवहन, सीमा, ऊर्जा, लगानी तथा नेपाली नागरिकको हितमा के उपलब्धि हासिल गर्छ भन्ने विषयमा बहस गर्नुपर्ने बताएका छन्।

राजनीतिक आस्था र व्यक्तिगत आग्रहभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

उनले सरकारको आलोचना र प्रश्न गर्न पाउनु लोकतान्त्रिक अधिकार भए पनि त्यसका लागि तथ्य र औचित्य आवश्यक रहेको बताउँदै विरोधका लागि विरोध नगरी देशको हितमा रचनात्मक बहस गर्न आग्रह गरेका छन्।

यसैबीच, प्रधानमन्त्री शाहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा स्वागत गर्दै उच्चस्तरीय भेटवार्ता गरेका छन्। साथै, भारतीय पक्षबाट प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर प्रदान गरिएको छ।

गुप्ताले यस विषयमा थप प्रतिक्रिया दिँदै विमानस्थलमा राज्यमन्त्रीले स्वागत गरेको विषयलाई लिएर आलोचना गर्नेहरूलाई आजको उच्चस्तरीय भेटवार्ता र गार्ड अफ अनरलाई पनि हेर्न आग्रह गरेका छन्।

उनले प्रश्न गरेका छन्, “अब पनि स्वागत गर्ने व्यक्तिको पद गन्ने कि नेपालको सम्मान र उपलब्धि हेर्ने?” गुप्ताले पूर्वाग्रहभन्दा माथि उठेर तथ्य हेर्न र राष्ट्रिय सम्मानलाई राजनीतिक आग्रहको तराजुमा नजाँच्न आग्रह गरेका छन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *