Categories समाचार

१९ वर्षीया किशोरीमाथि जबर्जस्ती करणीको आरोपमा चिकित्सक यादव पक्राउ

Advertisement

वीरगंज । १९ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा हेटौँडा अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–४ घर भई हाल हेटौँडा उपमहानगरपालिका–९ मा डेरा गरी बस्दै आएका ३१ वर्षीय चिकित्सक प्रियम यादव रहेका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार किशोरीले मंसिर ६ गते साँझ ७ः५५ बजे प्रहरीलाई घटनाबारे जानकारी गराएकी थिइन्। त्यसपछि प्रहरीले सोही राति यादवलाई हेटौँडा अस्पतालबाटै नियन्त्रणमा लिएको हो।

Advertisement

पक्राउ परेका यादवलाई जिल्ला अदालत मकवानपुरबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *