Categories समाचार

नेपाल प्रहरीमा ठूलो फेरबदल : ६० एसपीको सरुवा, पर्सा र बारामा नयाँ प्रहरी प्रमुख

वीरगंज । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले मंगलबार एसपीहरूको सरुवा गरेका हुन्।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत अंगुर जिसीलाई साइबर ब्युरो अपराध अनुसन्धान शाखा, भोटाहिटीमा सरुवा गरिएको छ। मोरङमा कार्यरत कविता कटवाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा खटाइएको छ।

Advertisement

सरुवाअनुसार कुमार विक्रम थापालाई जिल्ला प्रहरी कार्यालय बारा, दानबहादुर थापालाई काठमाडौं, दिलीपकुमार गिरीलाई मोरङ, धर्मराज भण्डारीलाई उदयपुर र नरेशराज सुवेदीलाई तनहुँ खटाइएको छ।

Advertisement

त्यस्तै, नवराज मल्ल र निरञ्जन दत्त भट्टलाई बाँके, निर्मल बुढाथोकीलाई पूर्वी नवलपरासी तथा पवन भट्टराईलाई पर्सा पठाइएको छ।

यसैगरी पुष्पराज मल्ललाई सुनसरी, बाल नरसिंह राणालाई बर्दिया, भरत लामालाई धादिङ र भाग्येन्द्र पुरुष ढकाल तथा सुधिरराज शाहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको छ।

मोहनबहादुर खाण कार्की र यादव ढकाललाई कैलाली, रविन श्रेष्ठलाई पाल्पा, रुकेश तण्डुकारलाई भक्तपुर, रूपक खड्कालाई सप्तरी र श्यामु अर्याललाई दाङको जिम्मेवारी दिइएको छ।

cd3b9c0ac3e8c1da.jpg
cd3b9c0ac3e8c1da.jpg
65f89e952822b269.jpg
9215ae56980171d6.jpg
4125d9444846fc4e.jpg
e0f47e8e26abf045.jpg
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *