Categories समाचार

मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको २ किलोभन्दा बढी सुनसहित दुई चिनियाँ महिला पक्राउ

वीरगंज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३४८ ग्राम सुनजस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरका अनुसार सोमबार राति करिब ११ः१५ बजे हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौं आएका दुई महिलालाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरिएको हो।

Advertisement

प्रहरीका अनुसार पक्राउ परेका महिलाहरूले सुनजस्तो देखिने पहेंलो पदार्थ प्लास्टिकले बेरेर मलद्वार तथा भित्री वस्त्रमा लुकाएर ल्याएका थिए। भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उनीहरूबाट उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ पर्नेमा चीनको ग्वाङडङ स्थायी ठेगाना भएकी ४५ वर्षीया LIN LINA रहेकी छन्। उनीबाट प्लास्टिक र्‍यापसहित १ किलो ३४० ग्राम तौलका ५ वटा गोलाकार अर्धठोस पदार्थ बरामद भएको छ।

त्यस्तै, ३५ वर्षीया LIN XINPING बाट प्लास्टिक र्‍यापसहित १ किलो ८ ग्राम तौलका ३ वटा गोलाकार अर्धठोस पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको तथा बरामद पदार्थसहित उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाउने प्रक्रिया अघि बढाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *