Categories राजनीति

नेपाली कांग्रेस पर्साको सभापतिमा कर्ण सर्वसम्मत निर्वाचित

वीरगंज । नेपाली कांग्रेस पर्साको जिल्ला भेलाबाट विजय कर्ण जिल्ला सभापतिमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। भेलामा सहभागी पार्टी प्रतिनिधिहरूले कर्णलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेका हुन्।

वीरगंजमा आयोजित जिल्ला भेलामा नेपाली कांग्रेसका केन्द्रीय नेतादेखि जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता र विभिन्न पालिकाका पार्टी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Advertisement

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा विमलेन्द्र निधि, उमाकान्त चौधरी, प्रकाशशरण महत र राजेन्द्रबहादुर अमात्यको उपस्थिति रहेको थियो। जिल्ला भेला विजय कर्णको सभापतित्वमा सम्पन्न भएको थियो।

Advertisement

कर्ण सर्वसम्मत रूपमा जिल्ला सभापतिमा निर्वाचित भएसँगै पर्सामा नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सर्वसम्मत चयनले पार्टीभित्र आपसी सहमति, सहकार्य र एकताको सकारात्मक सन्देश दिएको वीरगंज महानगर सभापति मनोज कुमार साहले बताए।

उनले पार्टीलाई थप संगठित, सुदृढ र जनतामाझ प्रभावकारी बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *