Categories समाचार

आफूविरुद्ध प्रकाशित समाचारप्रति डिएसपी मल्ल असन्तुष्ट, तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह

वीरगंज । पर्सामा तस्करी नियन्त्रण तथा अपराध अनुसन्धानमा सक्रिय प्रहरी अधिकारी डिएसपी चक्रबहादुर मल्लले केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित ‘एसपी विदामा हुँदा डिएसपीको मनोमानी’ शीर्षकको समाचारप्रति आपत्ति जनाएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मल्लले उक्त समाचारमा उल्लेख गरिएका विषय सत्य नभएको स्पष्ट पार्दै एसपी पवन भट्टराई बिदामा रहेको समयमा आफूले कार्यालय प्रमुखको जिम्मेवारी नसम्हालेको बताएका छन्।

Advertisement

उनका अनुसार एसपी भट्टराई बिदामा रहँदा जिल्ला प्रहरी कार्यालयको नेतृत्व आफूले सम्हालेको भन्ने समाचारमा गरिएको दाबी गलत हो। आफू कार्यालयको प्रवक्ता तथा सूचना अधिकारीको भूमिकामा मात्रै रहेको र वरिष्ठता आधारमा कार्यालय प्रमुखको जिम्मेवारीसमेत नलिएको उनले स्पष्ट पारेका छन्।

Advertisement

कार्यालयबाट तस्कर तथा मोटरसाइकल बेपत्ता पारिएको भनिएको घटनामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै मल्लले घटनासँग अनावश्यक रूपमा आफ्नो नाम जोडेर समाचार प्रकाशित गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

कर्तव्यनिष्ठ भएर अपराध अनुसन्धान, चोरीपैठारी नियन्त्रण तथा सुरक्षा व्यवस्थामा काम गरिरहेको अवस्थामा तथ्य नबुझी समाचार प्रकाशित हुँदा प्रहरी अधिकारीको मनोबलमा असर पर्ने उनको भनाइ छ।

मल्लले पत्रकारिता गर्दा सम्बन्धित विषयको तथ्य बुझेर, सत्यतथ्य पुष्टि गरी समाचार प्रकाशन गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *