Categories एजेन्सी

हिजाब नलगाई गीत गाएको भन्दै इरानी गायिकालाई ७४ कोर्रा

तेहरान (एजेन्सी) : इरानमा चर्चित गायिका परस्तु अहमदीलाई हिजाब नलगाई सार्वजनिक रूपमा गीत गाएको अभियोगमा ७४ कोर्रा हानिएको छ। उनीसँगै उनका सांगीतिक टोलीका चार सदस्यलाई पनि समान सजाय दिइएको छ।

२९ वर्षीया अहमदीलाई गत नोभेम्बर २३ (सोमबार) मा इरानको धार्मिक सहर कोममा कोर्रा हानिएको हो। उनका वकिल मुस्तफा निलीलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यम इम्तेदादले यसबारे समाचार सार्वजनिक गरेको छ। अहमदीले सन् २०२४ डिसेम्बर ११ मा कोम प्रान्तस्थित ऐतिहासिक देइर–ए–गचिन कारभान्सराईमा दर्शकबिनै सांगीतिक कार्यक्रम आयोजना गरेकी थिइन्।

Advertisement

कार्यक्रममा उनले हिजाब नलगाई र काँध देखिने पहिरनमा एक्लै गीत गाएकी थिइन्। उनको साथमा पुरुष संगीतकर्मीहरू थिए। कार्यक्रम युट्युबबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। उक्त भिडियोले लाखौं दर्शकको ध्यान खिचेको थियो। 

Advertisement

इरानमा महिलाले सार्वजनिक स्थानमा अनिवार्य रूपमा हिजाब लगाउनुपर्ने व्यवस्था छ। त्यस्तै महिलाले सार्वजनिक रूपमा एकल गायन गर्नेमाथि पनि कडा प्रतिबन्ध छ। यही व्यवस्थाको उल्लंघन गरेको भन्दै अदालतले उनीहरूमाथि सार्वजनिक मर्यादा भंग गरेको र अनलाइनमा अश्लील तथा अनैतिक सामग्री प्रकाशन गरेको अभियोग लगाएको थियो।

क—कस्लाई हानियो ७४ कोर्रा ?
गायिका अहमदीसँगै चार पुरुष सदस्यलाई पनि ७४–७४ कोर्रा हानिएको हो। उनीहरूमा सोहेल फकिह नासिरी, अमिन ताहेरी, अमिरअली पिर्निया र मोहसेन लस्कारी छन्।

यस मुद्दामा गायिका र उनका सांगीतिक टोलीका अन्य सदस्यसहित नौ जनालाई सजाय सुनाइएको थियो। तर हालसम्म पाँच जनालाई कोर्रा हानिएको पुष्टि भएको छ। अदालतले उनीहरूलाई दुई वर्षसम्म सांगीतिक तथा कलात्मक गतिविधि गर्न र देशबाहिर यात्रा गर्न पनि प्रतिबन्ध लगाएको छ। पुनरावेदन अदालतले उनीहरूको सजाय सदर गरेको थियो।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *