Categories समाचार

हुलास स्टील अगाडि ईभी र ट्रक ठोक्किए, चालकसहित चार जना घाइते

वीरगंज । पथलैया–वीरगंज सडकखण्डमा यात्रुबाहक ईभी र ट्रकबीच भएको दुर्घटनामा चार जना घाइते भएका छन्। दुर्घटनामा ईभी चालक गम्भीर घाइते भएका छन्।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित हुलास स्टील अगाडि आइतबार बिहान भएको दुर्घटनामा ईभी चालक २८ वर्षीय उत्तम साह, ६७ वर्षीय राजेन्द्र महतो, ३७ वर्षीय बुद्धि बस्नेत र ६९ वर्षीया सकुन्तला पौडेल घाइते भएका हुन्।

Advertisement

घाइते उत्तम साह बारा परवानीपुर गाउँपालिका–२ मुसहरीका हुन्। महतो वीरगंज महानगरपालिका–१० घडिहर्वा पोखरी, बस्नेत दाङको तुलसीपुर र पौडेल वीरगंज महानगरपालिका–१३ की हुन्।

Advertisement

दुर्घटनापछि चारै जनालाई उपचारका लागि सिमरास्थित तराई सिमरा अस्पताल लगिएको छ। गम्भीर घाइते ईभी चालक बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। ईभीमा १० जना यात्रु सवार रहेकामा अन्य यात्रुहरूको अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीका अनुसार वीरगंजबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ज ०९८३ नम्बरको ईभी र ग्यारेजबाट मुख्य सडकमा निस्कँदै गरेको प्र.२–०३–००१ ख ५३६० नम्बरको ट्रक आपसमा ठोक्किएका थिए। सडकको पश्चिमतर्फबाट ट्रक अचानक मोडिएपछि तीव्र गतिमा रहेको ईभी ट्रकसँग ठोक्किएको प्रारम्भिक विवरणमा उल्लेख छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *