Categories समाचार

प्रहरी निरीक्षक हुँ भन्दै २ लाख रुपैयाँ माग गर्ने ५ जना पक्राउ

वीरगंज । काठमाडौंमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुँ भन्दै एक व्यक्तिलाई मुद्दा नचलाइ छुटाइदिने प्रलोभन देखाएर २ लाख रुपैयाँ माग गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, मंसिर १० गते दिउँसो प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिका भाइ भेट्न जाँदा उक्त क्षेत्रमा रहेका व्यक्तिहरूले आफू प्रहरी निरीक्षक भएको बताउँदै दाजुलाई छुटाइदिने भन्दै २ लाख रुपैयाँ माग गरेका थिए।

Advertisement

उनीहरूले होटलको खर्चसमेत तिर्न लगाएको र रकम दिन अस्वीकार गरेपछि फोन तथा म्यासेजमार्फत विभिन्न किसिमका धम्की दिई मानसिक तथा आर्थिक तनाव दिएको सूचना प्राप्त भएपछि प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–९, वीरेन्द्र चोकबाट घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ पर्नेमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ घर भई काठमाडौं चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ घर भई काठमाडौं कपन बस्ने २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका–६ घर भई काठमाडौं हात्तीडाँडा बस्ने ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई भक्तपुर दुवाकोट बस्ने २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका–२ घर भई काभ्रेपलाञ्चोक बनेपा बस्ने ३० वर्षीय हर्क सिंह भोलन रहेका छन्।

पक्राउ परेका उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *