Categories समाचार

हुण्डी कारोबार गरेको आरोपमा साह पर्सा प्रहरीको नियन्त्रणम

वीरगंज । पर्सा प्रहरीले बीस लाख रकम सहित हुण्डी कारोबार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा हिजो दिनको १३:३० बजे जिल्ला प्रहरी कार्यालय पक्का बाट खटिएको टोलीले वीरगञ्ज म.न.पा.वडा नं.८ घण्टाघर स्थित सडकखण्डमा घण्टाघरबाट आदर्शनगर जाँदै गरेको एक जनालाई नियन्त्रणमा लिएको हो ।

Advertisement

ना.४८ प. ७६९१ नम्बरको मोटरसाइकललाई शंका लागी रोकी जाँच गर्दा मोटरसाइकस सवार जिल्ला बारा बिश्रामपुर गाउँपालिका वडा नं.५ नकटुवा बस्ने वर्ष ३१ का चन्दन कुमार साहले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली रू.२०,००,०००।– (बीस लाख) फेला परेको हो।

Advertisement

उक्त रकम मोटरसाइकस सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *