Categories समाचार समाज

एकल महिलाहरुलाई वडा अध्यक्ष आलम द्वारा साडी वितरण

Advertisement

कार्तिक । नेपालमा मनाइने बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक पर्व छठको उपलक्षमा एकल महिला एवं बर्तालुहरुलाई साडी वितरण गरिएको छ ।

पर्सागढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलम द्वारा छठपर्वको उपलक्ष्यमा यस वर्ष पनि एकल महिला एवं अन्य बर्तालुलाई साडी वितरण गरेकी हुन् ।
पर्सागढी नगरपालिका वडा नं ५ को जिगना टोल ,पचरुखी टोल, बहुअर्वा टोल , हर्दिया टोलमा गरी महिलाहरु लाई साडी वितरण गरिएको वडा अध्यक्ष आलम ले बताए।

Advertisement

नेपालमा बसोबास गर्ने मधेशी समुदायको प्रमुख पर्वका रुपमा रहेको छठ मनाउन सहयोग स्वरूप साडी वितरण गरिएको वडा अध्यक्ष आलम ले बताए । उनले साडी वितरण कार्यलाई आगामी वर्षहरुमा पनि जारी राख्ने बताईन ।

Advertisement

सो कार्यक्रमका महिला सदस्य सतिया देवी, सदस्य धुरुप राय भर, योगेन्द्र साह,शिवमतिया अहिरिन ,युवा नेता अशोक यादव,नुरहसन मियाँ,रामबेलास बिन,सैनुलाह मियाँ,फजिल मियाँ लगायत स्थानीयवासीको उलेख्निय सहभागिता रहेको थियो

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *