Categories समाचार

पूर्व युवराज्ञी हिमानी शाहको उपस्थितिमा जनकपुरदेखि विरगञ्जसम्म हेलिकप्टरबाट पुष्पवृष्टि गरिने

Advertisement

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहको उपस्थितिमा छठ पूजाको अवसरमा बुधबार जनकपुरदेखि विरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपालसहित चारवटा संस्थाहरु आवद्ध भएको संयुक्त केन्द्रीय समितिले पुष्पवृष्टिबारे जानकारी दिएको हो ।

Advertisement

समितिले विशेषगरी धनुषा(जनकपुर), पर्सा र बारामा पुष्पवृष्टि गर्ने जानकारी दिएको छ । धनुषा (जनकपुर)मा गंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीहरुमा, पर्सा (विरगञ्ज)को घडिहरवा माईपोखरी तथा आसपासका पोखरीहरुमा दिउँसो ४.३० बजे र बाराको बहुअरी पोखरी–५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको हो ।

Advertisement

कार्यक्रममा बोल्दै पूर्व राजदूत राम भक्त ठाकुरले छठ शब्दले नै मनमा उमंग बढ्ने बताए । उनले पूर्वयुवराज्ञी हिमानी शाहको उपस्थितिमा कार्यक्रम हुने खबरले आफू निकै हर्षित भएको सुनाए । उनले छठ पर्व कुनै जातपातको हिसाबले नमनाउने बताए ।

उनले भने, ‘ईश्वर निराकार हो, ईश्वर एकैस्थानमा मात्र बस्दैनन् । छट सूर्यबंशीको प्रमुख पर्व हो ।’ यो पर्व तराईमा मात्र सिमित भएकोप्रति गुनासो गर्दै उनले भने, ‘हामी मानिस कहिल्यै पनि कृतज्ञता हुन सक्दैनौ ।’

सूर्यले दिनभर उज्यालो दिएर सहयोग गरेको भन्दै बेलुका सूर्यलाई अस्ताउँदो र भोलि बिहानमा उदाउँदो सूर्यलाई फेरी स्वागत गरेको बताए । धेरै भक्तिभावको विचारले मात्र छठीमाइको व्रत बस्नुपर्ने पनि उल्लेख गरे ।

२०४७ सालका संविधान पुनः स्थापना हाम्रो अभियानका नेता तथा समाजसेवी किशोरी महतोले सूर्य भगवानको कृपाले देशका सबै नेपालीहरुलाई रक्षा होस् भन्दै शुभकामना दिए । उनले दरबारभित्र छठ पूजा भित्र्याउन सफल भएकोमा खुशी व्यक्त गरे । उनले सूर्यको ताप र ज्योति हरेक अंगमा प्रतितापन भन्दै जिउदै देखिने भगवान भनेकै सूर्यनाथ भएको समेत जिकिर गरे ।

महतोले भने, ‘अबको समयमा सूर्यलाई पूजा गर्नु भनेको राजालाई पुजा गर्नु हो ।’ महतोले राजसंस्थाको भुमिकामा पहिल्यैदेखि जहाँ उपस्थिति हुन्छ त्यहाँ मात्र पवित्र मानिने मान्यतामा सत्यता भएको पनि जिकिर गरे ।

महतोले भने, ‘राजा अब उठ्नोस, जनतालाई दिएको नासो अब फर्काउने बेला आयो । अब गणतन्त्रको दिन गएको बताउँदै उनले अब जतिसक्दो छिटो देश राजाले लिनुपर्छ ।’

त्यस्तै नेपाल नागरिक अभियान उपत्यकाका संयोजक राकेश कृष्ण अमात्यले राजा सबैको साझा भएको बताए र राजालाई सबै जनताको माया उत्तिनै हुने बताए । उनले राष्ट्र गभ्भिर अवस्थामा रहेको भन्दै कसरी उठाउने त्यसको बारेमा सोच्नुपर्ने बताए । राजसंस्था विना राज्य नरहनेको उनको भनाइ थियो ।

राष्ट्रियता कायम गर्न राजा एकमात्र विकल्प रहेको भन्दै उनले आफै मालिक हुनलाई राजसंस्था मात्र आधार भएको उल्लेख गरे । नेपालीहरु दासप्रथामा बस्न नसक्ने जिकिर गर्दै उनले सबैलाई एकिकृत गराउने भनेको राजसंस्था मात्रै भएको बताए ।

त्यस्तै विजेश्वरी मन्दिरका पुजारी हेमरत्न शाक्यले कार्यक्रममा राष्ट्र र आम नागरिकको शान्ति, अमनचयनको लागि प्रकृति सुहाउँदो राजासहितको राजसंस्थाको माग गरे । प्रजातन्त्र नै यो राष्ट्रको हितमा हुने उनको भनाइ थियो । उनले शान्तिको बाटोको लागि आम नागरिकको महत्वपूर्ण भूमिका हुने हुँदा सबैले सहयोग गर्नेमा विश्वास रहेको बताए ।

संयुक्त केन्द्रीय समितिका महासचिव डा. हरिहर प्रदिप घिमिरेले राजसंस्था देशले मात्र नभएर अन्तराष्र्टिय जगतले नै नेपालमा आबश्यकता महसुस गरेको बताए । उनले राजाले देशका जनतालाई जस्तोसुकै अवस्थामा पनि साथ दिँदै आएको समेत जिकिर गरे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *