Categories समाचार

महापर्व छठको आज मुख्य दिन (सझिया घाट) मनाईदै ।

Advertisement

वीरगंज । तराइ मधेशको ठुलो महापर्व छठ पुजा सोमबार देखि शुरु भएको हो । लक्ष्मी पुजाको ठिक ६ दिन पछि छठ पर्व मनाउने गरिएको छ । बुधबार आज साँझ (सझिया घाट) नजीकैको नदि, पोखरी, तलाउ, जलाशयमा वार्तालुहरु निराहार व्रत बसी भेला भएर छठी माताको पुजा गरि अस्ताउदो सुर्यलाई अर्घ दिएर घर फर्किन्छन । बिहिबार (भोली) बिहानै सुर्य उदाउनु अघि सोहि स्थानमा वार्तालुहरु भेला भएर उदाउँदो सुर्यलाई अर्घ दिएर ब्रतको समापन गर्ने छन् ।

तराई मधेसमा छठ पर्व धुमधामले उत्साहका साथ मनाउने गरिएको छ । सझिया घाटको एक दिन अघि खर्नाको दिन वार्तालुहरु बिहान देखि बिलुकी सम्म केहि नखाएर निराहार बसी (थुक पनि निल्न नहुने ) साँझ पूजा गरि खिर र पुरी (रसियाव रोटी) प्रसाद खाने गर्छन् ।

Advertisement

छठ मातालाई बाँसबाट बुनेको सुपलीमा वा माटोको (दहीको भाँडा जस्तै) भाँडामा पुजा सामाग्री मूला, ज्यामिर, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, ठेकुवा, केसार राखेका हुन्छन् । परिवारको हरेक सदस्यको नाममा छुट्टाछुटै सुपली राखी ति सबै सुपलीलाई एउटा बाँसले बनेको छैठीमा राख्ने गरिएको पाईन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *