पर्सा । वीरगंज बाट्ट मोटरसाइकल चोरी गर्दा गर्दै २ जना युवा पक्राउ परेका छन ।
हिजो राती अं. २०:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्दा गर्दै २ जना पक्राउ परेका हुन ।
ना २९ प ६७९० नम्बरको १८० C’C को कालो र रातो रंगको पल्सर मोटरसाइकल वीरगंज बस्ने वर्ष २२ का सुरज सहनी र वर्ष १९ का सुजित सहनीले मो.सा.को लक तोडी चोरी गरी भाग्दै गरेको अवस्थामा सोही अस्पतालका गार्डले देखे पछि पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराउनासाथ तत्काल वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले उक्त मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय ले जानकारी गराएको छ ।






