Categories समाचार समाज

६ वर्षीय बालकको लिंग रबरले बाँधेर सजाय दिने वार्डेन पक्राउ

Advertisement

पोखरा । राति ओछ्यानमा पिसाब गरेको भन्दै ६ वर्षीय बालकको लिंगमा रबरले बाँधेर सजाय दिने एक होस्टेल वार्डेनलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति बालकको लिंगमा रबर बाँधेर सजाय दिने पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टेलकी २७ वर्षीया वार्डेन जानुका नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लामो समयसम्म यौनांग बाँधिएको रबरले असह्य भएपछि बालक चर्काे स्वरमा रोएका थिए । र, रबरले बाँधिएको यौनांग खुल्न आएको थियो । पछि यसबारे थाहा पाउँदा बालकको पेट फुलिसकेको थियो । र, बालकलाई उपचारका लागि अस्पताल पठाइएको तर, हालसम्म नतिजा आइसकेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार डोल्पाबाट पोखरा पढ्न आएका ती बालकका बुवा बितिसकेका छन् भने आमा गाउँमा खेती किसान गर्छिन् । परिवार गरिब भएकै कारण बालकालाई पढाउन होस्टेलमा राखिएको प्रहरीले जनाएको छ ।

Advertisement

बालकलाई यातना दिने नेपालीविरुद्ध बालबालिकाविरुद्धको कसुर मुद्दा चलाइएको छ । उनलाई जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलले अभिभावकविहीन बालबालिकालाई पढाउँदै आएको छ । र, हाल होस्टलमा ९ जनाले आश्रय लिइरहेको बताइएको छ ।

घटना घटेपछि घटना बाहिरिन नदिन होस्टल कर्मचारी र स्कुलबीच गोप्य सम्झौता भएको थियो । तर, घटना गोप्य रहन सकेन । घटना बाहिरिएपछि वार्डेन नेपालीलाई पक्राउ गरिएको थियो ।

हिमालयन गुड लाइफ काठमाडौंद्वारा सञ्चालित उक्त होस्टेल पोखरामा दर्ता नभएको पाइएको छ । यस विषयमा जिल्ला प्रशासनले छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *