Categories Uncategorized विदेश समाचार

नेपाल भारत सिमावर्ती जनमैत्री सम्मेलन सम्पन्न, नेपाल भारत बिचको समबन्ध अटुट रहेको चर्चा

वीरगञ्ज । नेपाल भारत सिमावर्ती जनमैत्री सम्मेलन बुधवार वीरगञ्जमा सम्पन्न भएको छ । नेपाल भारत सहयोग मंचको रजतजयन्तीको अवसरमा आयोजित सभामा अध्यक्ष अशोक बैधले नेपाल भारत बिचको समबन्ध अटुट रहेको चर्चा गर्नु हुन्दै अगामी दिनमा वीरगञ्ज र रक्सौलमा गर्नु पर्ने कार्य वुदागत रुपमा प्रस्तुत गर्नु भएको थियो ।

नेपाल भारत सहयोग मंच वीरगञ्ज र सरोकार मंच रक्सौलको संयुक्त आयोजनामा भएको सम्मेलनमा कृषि मन्त्री महेन्द्र राय यादव र भारतको लोक सभा सदस्य साँसद डा। संजय जैसवालले नेपाल भारत बिचको मैत्रीपुर्ण सम्बन्ध अगामी दिन झन प्रगाढ हुने विश्वास व्यक्त गर्नु भयो ।

Advertisement

नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक कुमार वैद्यले नेपाल भारत सहयोग मंचले विगत २५ वर्षमा निर्वाह गरेको भुमिका बारे सविस्तार व्याख्या गर्नु भएको थियो ।

Advertisement

सम्मेलनमा गायक सुनिल पण्डीत, भारत नेपाल मैत्री संघ रक्सौलको अध्यक्ष मनिष कुमार दुवे, उधोगपति एवम्‌ मंचका पुर्व अध्यक्ष तथा पदाधिकारीहरु वावुलाल चाचान हिरालाल केडिया आत्माराम कावरा मुरली धर रुङटा उमेश चन्द्र ठाकुर, वरिष्ठ पत्रकार चन्द्रकिशोर झा र ईश्वर चन्द्र गौतमलाई सम्मान गरिएको थियो ।

सम्मेलनमा सरोकार मंचका सौरभ नाथ, सांसद लक्ष्मण लाल कर्ण, वीरगञ्ज महानगर पालिकाका मेयर विजय सरावगी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *