बीरगन्ज । बीरगन्जबाट लागूऔषध ओसारपसारमा संलग्नलाई प्रहरीले एक जना महिला पक्राउ गरेको हो ।
पर्सास्थित बीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट करिब १० किलो अवैध लागूऔषध चरेशसहित रौतहट पिपरीया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
देवीले ढाड, खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्कार ज्याकेटको दुवैतर्फको खल्तीमा लुकाएको अवस्थामा चरेश फेला परेको हो ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उक्त चरेशसहित फेला पारी उनलाई पक्राउ गरेको हो । बरामद लागूऔषध र पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान भइरहेकाे पर्सा प्रहरी जनाएकाे छ ।







