Categories प्रदेश २ राजनीति

प्रदेश २ को राजधानी जनकपुर तोकिएपछि वीरगन्जमा कालो झन्डासहित प्रदर्शन

Advertisement

वीरगन्ज । मधेस (प्रदेश २)को राजधानी जनकपुर तोकिएपछि वीरगन्जमा कालो झन्डासहित प्रदर्शन भएको छ। सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेपछि वीरगन्जमा प्रदर्शन भएको हो।

नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाइमा निस्केको कालो झन्डासहितको जुलुस आदर्शनगर, माईस्थान, घन्टाघर हुँदै नगर परिक्रम गरेर वीरगन्ज– ११ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घरअगाडि पुगेको थियो।

Advertisement

प्रदर्शनकारीहरूले मुख्यमन्त्री राउतविरुद्ध नारा लगाएका थिए। मधेस आन्दोलनका वेला वीरगन्जलाई नै राजधानी बनाउने वाचा गरेका मधेसका नेताहरूले सत्तामा पुगेपछि वाचा भुलेको उनीहरूको आरोप छ।

Advertisement

मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार
प्रदर्शनकारीहरूले सो क्रममा मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गरेका छन्। ढुंगा प्रहारबाट मुख्यमन्त्रीको घरको सिसा फुटेको छ। अहिले राउतको घरअगाडि प्रहरीले सुरक्षाकर्मी परिचालन गरेको छ।

कुल एक सय चार सांसद रहेको प्रदेश सभामा सोमबार जनकपुरलाई राजधानी बनाउने प्रस्ताव पारित भएको थियो। प्रस्ताव पारित गर्न ७० मत आवश्यक भए पनि प्रस्तावको पक्षमा ७८ मत परेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *