Categories प्रदेश २ राजनीति समाचार

वीरगन्जलाइ राजधानी नबनाइएको विरोधमा कालो झण्डा सहित प्रदर्शन

Advertisement

अन्जु कुमारी
वीरगन्ज । वीरगन्जलाइ राजधानी नबनाइएको विरोधमा मंगलबार वीरगन्जमा नेपाली काँग्रेसले कालो झण्डा सहित मोटरसाइकल जुलुश निकालेर प्रदर्शन गरेको छ ।

वीरगन्जको घण्टाघर चोकबाट मंगलबार दिउसो कांग्रेस वीरगन्ज महानगर कार्य समितिको अगुवाइमा निस्किएको कालो झण्डा सहितको मोटरसाइकल जुलुशले पावरहाउस चाेक हुदै नगर परिक्रमा गर्ने क्रममा जुलुश वीरगन्ज १३ स्थित तेजारथ टोलमा रहेकाे मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीकाे घर पुगेर जुलुशमा सहभागीहरुले मुख्यमन्त्री राउतको घरमा ढुंगा पनि प्रहार गर्दै त्यहाँ बाट घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै नगरको परिक्रम गरेर बिर्तामा काेण सभामा परिणत भएकाे थियाे ।

Advertisement

ढुंगा प्रहारबाट मुख्यमन्त्री राउतको घरको सिसा फुटेको छ । प्रदर्शनमा सहभागीहरूले ‘जिल्लावासी प्रदेश २ का मुख्यमन्त्री लालबाबु चाहिँदैन, हाम्रो वीरगन्जलाई कुर्सीसँग बेच्न पाइँदैन,’ ‘मुख्यमन्त्री लालबाबु मुर्दावाद लगायतका नारा लगाएका थिए । भौतिक पूर्वाधार,विकासको सूचांक लगायत हरेक दृष्टिकोणले राजधानीका लागि वीरगन्ज नै उपयुक्त रहेको र मधेस आन्दोलनका वेला मधेसी नेताहरूले पनि वीरगन्जलाई नै राजधानी बनाउने वाचा गरेको तर अहिले मधेसका नेताहरू सत्तामा पुगेपछि वाचा भुलेको काँग्रेस नेताहरूको आरोप छ ।

Advertisement

वीरगन्जलाइ प्रादेशिक राजधानी बनाउनका लागि कांग्रेसले वीरगन्जबाट आन्दोलनको विगुल फुकिसकेकाले अब वीरगन्ज राजधानी नबने सम्म आफुहरुको आन्दोलन जारी रहने नेपाली कांग्रेसका नगरसभापति भोला कलवारले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *