बिरगंज। मानव सेवा आश्रम पर्सा शाखामा सेवा लिरहेका ठाकुरलाई नियमित उपचार र हेरचार गरि अवस्था ठिक भएपछी पारिवारिक पुनर्मिलन गराइएको छ।
जीवन देखि आशा मारिसकेका ठाकुरलाई मानवसेवा आश्रमले माया – प्रेम र नियमित उपचार गर्दै ८ महिना पछी सुखद पारिवारिक पुनर्मिलन गराईएको छ।
मिती २०७८- जेष्ठ २१ गते बारा जिल्ला अवस्थित मोतिसर गाउँ बाट बिगत ४ बर्ष देखि फलामे साङ्ग्लोमा पशु सरह बाँधिएर राखिएको अवस्थामा मानवसेवा आश्रम बिरगंज शाखाले उद्घार गरेको थियो । औषधि उपचार, माया प्रेमले ठाकुरको स्वास्थ्य सुधार भए पछि परिवारलाई जिम्मा लगाई सफल पारिवारिक पुनर्मिलन गराइएको हो ।
हाल मानवसेवा आश्रम बिरगंज शाखामा बिभिन्न उमेर समुहका पुरुष, महिला र बाबु नानी गरेर जम्मा ५९ जना हुनुहुन्छ भने देशै भरि ७ प्रदेश को १६ जिल्ला र २५ वटा सेवा केन्द्र गरेर १६०० जना आमाबुवा र बाबु नानी हरुको खाना, नाना र छाना को प्रवन्ध गरिएको छ।







