Categories राजनीति हाइलाइट-समाचार

जसपाबाट वीरगञ्ज महानगरको मेयर पदका लागी सिंहले मनोनयन दर्ता गराए

Advertisement

वीरगञ्ज ।  जनता समाजवादी पार्टी (जसपा) नेपाल बाट वीरगञ्ज महानगरको मेयर पदका लागी राजेशमान सिंहले मनोनयन दर्ता गराए । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गर्नका लागि जसपा केन्द्रिय अध्यक्ष यादव पनि वीरगञ्ज आएका छन। 

सत्ता गठबन्धनको निर्णयबमोजिम जसपालाई मधेश प्रदेशको एक मात्र महानगरपालिका भागमा परेपछि जसरी पनि जिताउनुपर्ने यादवको भनाई छ । जसपाबाट वीरगञ्ज महानगरको मेयरमा राजेशमान सिँहले पार्टीका केन्द्रिय अध्यक्ष यादवको उपस्थितीमा मनोनयन दर्ता गराएका छन् ।

Advertisement

नेता तथा कार्यकर्ताको मनोवल बढाउन र जसपालाई नै भाग परेको महानगरमा जसपाले नै जित्ने विश्वास दिलाउन यादव वीरगञ्ज आउनुभएको पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले बताए ।

Advertisement

आज होटेल पुजनमा पार्टी अध्यक्ष यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी , प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्यद्वय जनत अन्सारी र भीमा यादव, मुकेश द्धिवेदी लगायत नेताहरुको उपस्थितिमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट वीरगञ्ज महानगरपालिका नगरप्रमुख पदको उम्मेदवारको टिकट राजेशमान सिंहलाई दिएका थिए ।

मनोनयन दर्ता गर्न पनि केन्द्रिय अध्यक्ष नै आउनुले आफुलाई पनि हौसला थपिएको वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिँहले प्रतिक्रिया दिए ।  

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *