Rato Pana
विचार

गठबन्धन नेपाली राज्यको अनिवार्य परिदृश्य हो : राजनीतिक विश्लेषक कृष्ण पोखरेल

Advertise:
Advertise:
Advertise:

काठमाण्डौं स्थानीय तहको निर्वाचनमा सत्ता पक्षका पाँच दलले विभिन्न पालिकामा आपसमा तालमेल गरेका छन् । अर्कोतिर नेकपा एमालेले पनि केही पालिकामा साना दलसँग तालमेल गरेको छ ।

गठबन्धनका बारेमा विभिन्न कोणबाट विभिन्न खालका टिप्पणी आइरहे पनि राजनीतिक विश्लेषक कृष्ण पोखरेल यसलाई नेपाली राज्यको अनिवार्य परिदृश्य मान्छन् उनी गठबन्धनलाई स्वाभाविक रूपमा लिन्छन् यद्यपि यसको नतिजा मिश्रित हुने उनको भनाइ

स्थानीय तह निर्वाचन, जनताको भावना, गठबन्धनको औचित्य धरातल लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले विश्लेषक पोखरेलसँग संक्षिप्त कुराकानी गरेको प्रस्तुत , उनीसँग गरिएको कुराकानीको सम्पादित अंश

यस अघिको स्थानीय तह निर्वाचन अहिलेको निर्वाचनको चुनावी प्रचारप्रसार, चुनावी खर्च लगायतका विषयलाई कसरी समीक्षा गर्नु भएको ?

मैले देशैभरको चुनावी अवस्था त्यति नजिकबाट हेरेको छैन । स्थानीय निर्वाचन क्रमिक रूपमा भड्किलो, खर्चिलो र महँगो हुँदै गएको छ । उम्मेदवारहरू प्रायः पार्टीमै लागेका मान्छे छन् । त्यस्तो ठेकेदार वा अन्य कुनै पेशा, व्यवसायबाट आएका कमै देखिन्छन् । जसले पार्टी नेतृत्वको विश्वास जित्न सक्यो, उही उम्मेदवार भएका छन् ।

अर्को कुरा, यस पटकको निर्वाचनमा सामाजिक सञ्जालको प्रयोग बढी भएको देखियो । गाउँघर, टोल र चोकहरुमा तुल, ब्यानरहरु धेरै देखिन्थे । यो पटक कम देखियो । निर्वाचन आयोगले आचारसंहितामा कडाइ गरेकाले पनि हुन सक्छ, यो पटकको निर्वाचनमा त्यस्तो भद्दा खालको प्रचार हुन पाएन । पछिल्लो समय सामाजिक सञ्चालकै प्रयोग बढ्दो छ । त्यसैले मतदाता र उम्मेदवार बढी केन्द्रित भएको पाइन्छ । 

चुनावी रौनक हराए जस्तो, मतदातामा उतिसारो उत्साह देखिँदैन भन्ने उम्मेदवारको गुनासो किन त्यस्तो भयो ?

कृष्ण पोखरेल

यस्ता गुनासोलाई सबै ठाउँमा छन् भनेर सामान्यकरण गर्नु हुँदैन । स्थानीय तहमा जितेका उम्मेदवारले गरेको काम प्रवृत्ति अनुसार फरकफरक छन् । अघिल्लो निर्वाचनमा जित्नेहरुले गरेको काम र त्यसले गाउँघरमा पारेको प्रभाव अनुसार मतदाताको प्रतिक्रिया पनि फरकफरक हुन्छन् । सामान्यतया स्थानीय सरकार घरदैलोको सरकार पनि हो । कार्यथलोको लोकतन्त्र पनि भनिन्छ । ‘वर्क फ्रम डेमोक्रेसी’ भन्छन् । व्यक्तिलाई गाउँघरमा चाहिने राज्यले दिने सेवा सुविधा यही स्थानीय सरकारले गर्ने हो । त्यसैका लागि निर्वाचन हुँदैछ ।

तपाईंले उत्साह र कम उत्साह भन्नुभयो  । जहाँको स्थानीय सरकारले राम्रो डेलिभर गर्‍यो, त्यहाँ उत्साह छ । यस्तै कुनै उम्मेदवारमा अपेक्षा छ भने त्यहाँ उत्साह छ । जहाँ त्यो पूरा भएन, जितेपनि के परक पर्ला र भन्ने खालको मनोदशा मतदातामा भयो, त्यहाँ उत्साह कम छ ।

स्थानीय निर्वाचनका उम्मेदवारले उठाएका एजेण्डा उही पुरानै दोहोरिएका छन् या  नयाँ खालका पनि पाउनु भएको ?

राजनीतिक नेतृत्वले सपना देखाउनु नराम्रो होइन । पूरा हुने सपना देखाउने हो । स्थानीय सरकारले आफैले नेतृत्व गरेर देखाएको सपना पूरा हुन्छ कि हुँदैन, त्यो कुरालाई हेर्नुपर्छ ।

यसअघिका कतिपय एजेन्डा गायब भएका छन् । पोहोर पनि यही, यसपाला पनि यही भन्दा मतदाताले पत्याउँदैन् भनेर हटाइएको छ । स्थानीय सरकार भनेको २÷३ वटा कुरा छन् । एउटा सेवा प्रवाहकै कुरा हो । खास गरेर ग्रामीण भेग हो भने कृषि र पशुपालन प्राविधिकहरुको सेवा कस्तो छ भन्ने कुरा हुन्छ । यस्तै शिक्षा, स्वास्थ्य र स–साना पुलपुलेसा निर्माणका कुरा छन् । स्थानीय जनतालाई कसरी सेवा गर्छन् भन्ने कुरा ख्याल गरिन्छ ।

अहिले चुनावमा गठबन्धन बनाउँदा लोकतान्त्रिक मूल्यमान्यताको चीरहरण भयो, एकले अर्को पक्षलाई जबर्जस्त चुनावमा हराउने अस्त्र मात्रै भयो भन्ने आरोपलाई कसरी लिनु भएको ?

यो आ–आफ्नो दृष्टिकोणको कुरा हो । मैले बुझेको गठबन्धन स्थानीय आवश्यकता अनुसार अघिल्लो निर्वाचनमा पनि भयो । राष्ट्रव्यापी रूपमा अहिले पनि कुनै पक्षको गठबन्धन छैन । अघिल्लो चुनावमा जहाँ जो बलियो छ, त्यसका विरुद्ध गठबन्धन भयो । काठमाडौंमा एमाले बलियो भए पनि राप्रपासँग गठबन्धन भयो । ललितपुर र भरतपुरमा एमाले–राप्रपा गठबन्धन भयो । माओवादी र काँग्रेसबीच भरतपुरमा गठबन्धन भयो । अघिल्लो चुनावमा रोल्पा, रुकुममा माओवादीविरुद्ध गठबन्धन भए । लमजुङ, तनहुँमा काँग्रेस विरुद्ध एमाले–माओवादीले गठबन्धन गरे । गठबन्धन हुँदै हुँदैन भन्ने कुरा र गठबन्धन नभए राजनीति नै चल्दैन भन्ने दुवै ‘एक्सट्रिम’ कुरा हुन् ।

अर्को कुरा, जसले गठबन्धनको विरोध गरेको छ । उसैले पनि राप्रपा, सीके राउत, विप्लव समूहसँग गठबन्धन गरेको छ । उसले नपाएर पो गठबन्धनको विरोध गरेको हो । यदि पाएको भए मज्जाले गठबन्धन गर्ने थियो ।

तपाईंले एमालेले पनि घोषित रूपमा गठबन्धन बनाएको भन्न खोज्नु भएको हो ?

एमालेले धेरै पार्टीसँग गठबन्धन गरेको छ । एमालेले बकाइदा सम्झौता गरेर राप्रपासँग तालमेल गरेको छ । यस्तै सीके राउत, लोसपा, विप्लव समूह, तनहुँमा गोविन्दराज जोशी समूह लगायतसँग तालमेल गरेको छ ।

अहिले गठबन्धन पनि अनौठो खालको छ । झापाको केचनाकेवलमा राप्रपा विरुद्ध एमालेसहित सत्ता गठबन्धन छ । दमकमा एमालेविरुद्ध काँग्रेस, माओवादी, राप्रपा गठबन्धन छ । भरतपुरमा राप्रपासँग एमालेले तालमेल गरेको छ ।

सत्ता गठबन्धन फुट्यो वा टुट्यो भने मुलुक नै धरापमा जान्छ भन्नेगरी कुराहरु आइराखेका छन् यस्तो भन्नु सत्तामा जाने भर्याङ हो वा अन्य त्यस्तै कुरा पनि छन् ?

अहिले जुन सत्तारुढ गठबन्धन छ, त्यो गठबन्धन र प्रतिपक्षलाई हेर्नुस् । अहिले संसदको ठूलो पार्टी एमाले हो । एमालेलाई अध्यक्षले चलाउन नजानेर यस्तो अवस्था आयो । राष्ट्रिय राजनीतिमा जे अवस्था आयो, त्यो भुइँको टिप्न खोज्दा पोल्टाको झरेको हो । सुविधाजनक बहुमत केपी ओलीलाई थियो तर, त्यो बहुमत नपुगेर के खोज्न संसद भङ्ग गर्न गएको हो ? आफ्नै पार्टीभित्र आधाआधा प्रधानमन्त्री बाँड्ने भन्या थियो । पछि त्यो अवधि पूरा चलाऊ भनेकै थिए । त्यो समेत नमानेर संसद विघटन गरे । त्यो पनि एक पटक होइन दुई–दुई पटक गरे ।

संविधानको आधारभूत मान्यता विपरीत गएकाले एमालेका विरुद्ध गठबन्धन बन्यो । संविधानलाई आफ्नो स्वार्थ अनुसार ब्याख्या गरेर पटकपटक संसद विघटन गरियो । त्योमात्रै, होइन संवैधानिक निकायहरुलाई कब्जा गरेर पङ्गु बनाइयो । न्यायालयको ढोका ढकढक्याएर गठबन्धन बनाएर गएको हो । संविधानको रक्षा  भन्ने बित्तिकै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेका मुलभूत मान्यताको रक्षा हो । यो गठबन्धन टुट्यो भने अहिलेको संविधानले जस्तो खालको परिपाटीको कल्पना गरेको छ, संघीय संसददेखि प्रदेशसम्म एक्लै बहुमत ल्याउँदैन । गठबन्धन नेपाली राज्यको अनिवार्य परिदृश्य हो ।

हिजो पनि एमालेले माओवादीसँगै गठबन्धन गरेर बहुमत ल्याएको हो । त्यो बेला पार्टी एउटै बनिसकेको थिएन । त्यसलाई केपीजीले थाम्न नसकेको हो । तर, गठबन्धन नहुँदा कुनै पार्टीको पनि बहुमत आउँदैन ।

अहिलेको स्थानीय तह निर्वाचमा गठबन्धन अपरिहार्य भन्ने मान्दिनँ तर, यो गठबन्धन भएन भने गठबन्धनभित्रकै काटमारले एमाले लाभान्वित हुने अवस्था भयो । त्यसो भएमा गठबन्धनमा गलत सन्देश जाने भयो । केन्द्रमा गठबन्धन गर्ने तर स्थानीय तहमा आपसमा लडेर प्रतिपक्षलाई फाइदा पुर्‍याउने भयो । त्यो भएपछि सेलेक्टेड स्थानीय तहमा मात्रै तालमेल भयो ।

गठबन्धनबाट कस्तो परिणाम आउने देख्नुहुन्छ ?

परिणाम निश्चित रूपमा राम्रो आउँछ तर, पूर्ण रूपमा सफल भने हुँदैन । हरेक पार्टीका कार्यकर्ताको अपेक्षा हुन्छन् । तोकिएकै पार्टी वा गठबन्धनमा मत जान्छ भन्ने हुँदैन । गठबन्धनको नतिजा मिश्रित हुन्छ जस्तो लाग्छ । पूर्णतया सफल पनि हुँदैन, पूर्णतया असफल पनि हुँदैन । साभार

Advertise: Advertise:

Related posts

Leave a Comment