Categories समाचार

म्ंगलबार देखि नेपाल भारत सिमा नाका बन्द हुने

Advertisement

वीरगञ्ज, २६ बैशाख ।
स्थानीय तहको निर्वाचनका लागि भारतसँग जोडिएको सीमानाका मंगलबार राति १२ बजे देखि बन्द हुने भएको छ ।
निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै मंगलबार राति १२ बजेदेखि भारतसँग जोडिएका पर्सा जिल्ला सहित मधेश प्रदेशका सम्पूर्ण सिमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।
निर्वाचनलाई भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि सीमानाकाहरु बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
बैशाख ३० गते हुने मतदानका लागि (७२ घण्टा) मंगलबार राति १२ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि सीमानाका बन्द हुने छ ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *