Categories विदेश

बसमा यात्रा गर्ने कुखुराको भालेलाई ३० रुपैयाँको टिकट

Advertisement

भारत । भारतको तेलंगानामा बसको यात्रा गर्ने कुखुराको भालेलाई ३० रुपैयाँको टिकट थमाइएको छ । तेलंगना प्रान्तको सरकारी बसमा यात्रा गरिरहेको उक्त कुखुराका लागि बसका कन्डक्टरले भारु ३० को टिकट काटिदिएका हुन् । तेलंगानाको करिमनगरमा उक्त घटना भएको हो ।

बस कन्डक्टर जी तिरुपतिले आफ्नो बसमा एकजना यात्रुले कुखुराको भाले बोकिरहेको देखे । मोहम्मद अली नामका ती यात्रुले कुखुराको भालेलाई कपडाले छोपेका थिए ।

Advertisement

त्यसपछि कन्डक्टर तिरुपतीले ती यात्रुलाई कुखुराको भालेको टिकट शुल्क भारु ३० भुक्तानी गर्न अनुरोध गरे । मोहम्मद अलीले सुरुमा कुखुराको टिकट शुल्क तिर्न आनाकानी गरे पनि राज्यको बस सेवामा हरेक जीवित प्राणीले टिकट शुल्क तिर्नुपर्ने बताएपछि उनले खुरुक्क पैसा तिरे ।

Advertisement

बस कन्डक्टरले कुखुराका लागि जारी गरेको बसको टिकटको तस्वीर सोसल मिडियामा भाइरल बनेको छ ।

साथै कुखुराको भालेको लागि टिकट काट्ने नकाट्ने विषयमा यात्रु अली र कन्डक्टर तिरुपतिबीच भएको गलफतिको भिडियो पनि भाइरल बनेको छ ।

तेलंगाना राज्य सडक परिवहन निगमको गोदावरीखानी डिपोका म्यानेजर भी वेंकटेशमले भने राज्यका बसमा कुखुरा तथा अन्य जनावर बोकेर यात्रा गर्न नपाइने भन्दै कन्डक्टरले कुखुराका लागि टिकट काट्नुभन्दा कुखुरा बोकेका ती यात्रुलाई नै बसबाट झार्नुपर्ने बताएका छन् ।

कुखुराका लागि टिकट काटेको तथा बसको नियमविपरीत यात्रुलाई कुखुरासहित बसमा यात्रा गर्न दिएको विषयमा कन्डक्टर तिरुपतिलाई स्पष्टीकरण सोधिने उनले बताएका छन् ।एजेन्सी

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *