Categories हाइलाइट-समाचार

काठमाडौंबाट बीरगञ्ज बोलाई पटकपटक करणी गरि अरुको जिम्मा लगाउने सहित ३ जना नियन्त्रणमा

पर्सा । मानव बेचबिखन तथा जबरजस्ती करणी अभियोगमा पर्सा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित एक रेष्टुरेण्टमा काम गरी बस्ने वर्ष २५ का सुरज कुमार साहले यही महिनाको (जेठ)०५ गते काठमाण्डौँ बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई बीरगञ्ज बोलाई बसपार्कस्थित एक होटलमा लगी पटकपटक करणी गरि ०९ गते बीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित कार्की होटलकी सञ्चालिका वर्ष ४२ की लक्ष्मी बुढाथोकी (कार्की) को जिम्मा लगाई आफू भागी फरार भएको थियो ।

Advertisement

१० गते निज लक्ष्मी बुढाथोकी (कार्की) ले “विवाह गर्छु” भनी झुक्याई जिल्ला जुम्ला हेमा गाउँपालिका वडा नं. ३ जोगीवडा टोल घर भई हाल बी.म.न.पा.-१६ फूलबारी टोलमा डेरा गरी बस्ने वर्ष ३५ का हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाइएको बताइएको छ ।

Advertisement

योगीले पीडितलाई आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरी बाहिर निस्कन नदिई राखेको समेत प्रहरीले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पक्राउ पर्नेमा जिल्ला मोरङ कटहरी गा.पा.वडा नं.४ का २५ वर्षिय सुरज कुमार साह, जिल्ला जुम्ला हेमा गा.पा.वडा नं.३ का ३५ वर्षिय हरिचन्द्रनाथ योगी र जिल्ला सखुवासभा खाँदवारी न.पा.वडा नं.१० हाल वी.म.न.पा.वडा नं.१६ कि ४२ वर्षिया लक्ष्मी बुढाथोकी ( कार्की) रहेका छन् ।

१४ गते राति अंदाजी २१.०० बजे पीडित युवतीले  मौका छोपी उक्त स्थानबाट भागी आफन्तको सम्पर्कमा आएको भन्ने समेतको घटना विवरणको जानकारी १५ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई गराएपछि खटिएका विभिन्न टोलीले बीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट तीनै जना आरोपितलाई नियन्त्रणमा लिई जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *