Categories हाइलाइट-समाचार

स्थानीय भन्छन् ‘शव चिनिने अवस्थामा छैनन्’

Advertisement

पोखरा । तारा एयरको जहाज दुर्घटनास्थल मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा पुगेका स्थानीयले शव चिनिने अवस्थामा नरहेको बताएका छन् ।

स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ । उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ ।

Advertisement

म हेरेर बसिरहेको छु ।’उनी राती नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।

Advertisement

न्युज कारखानाबाट

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *