Categories विदेश समाचार

आयरल्याण्ड विरुद्धको टी–२० सिरिजका लागि पाण्ड्या भारतको कप्तान नियुक्त

Advertisement

वीरगन्ज । आयरल्याण्ड विरुद्धको टी–२० सिरिजमा हार्दिक पाण्ड्यालाई भारतको कप्तान नियुक्त गरिएको छ । योसँगै दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा भारतको कप्तानी गर्दै आएका ऋषभ पन्तलाई पनि टोलीमा समावेश गरिएको छैन ।भारतले आयरल्याण्डसँग दुईवटा टी–२० खेल खेल्नुपर्नेछ । पहिलो खेल २६ जुनमा र दोस्रो खेल २८ जुनमा हुनेछ । दुवै खेल आयरल्याण्डको राजधानी डब्लिनमा खेलाइने छन् ।

योसँगै हार्दिक पाण्ड्या टी–२० खेलमा भारतको कप्तानी गर्ने ९औँ कप्तान बनेका छन् । वीरेन्द्र सहवाग टी–२० मा भारतीय टोलीका पहिलो कप्तान थिए। योसँगै महेन्द्र सिंह धोनीले सबैभन्दा धेरै खेलमा भारतको कप्तानी गरेका छन् ।धोनीले ७२ खेलमा भारतको कप्तानी गरेका छन् । विराट कोहली ५० खेलमा कप्तान बनेका छन् । यी दुई बाहेक रोहित शर्माले २८ खेलमा कप्तानी गरेका छन् ।

Advertisement

यी बाहेक ऋषभ पन्त, सुरेश रैना, शिखर धवनले पनि तीन खेलमा कप्तानी गरेका छन् भने अजिंक्य रहाणेले दुई खेलमा कप्तानी गरेका छन् ।आयरल्याण्डमा खेल्ने टोलीमा हार्दिक पाण्ड्या (कप्तान), भुवनेश्वर कुमार (उपकप्तान), इशान किशन, ऋतुराज गायकवाड, सञ्जु सैमसन, सूर्यकुमार यादव, वेंकटेश अय्यर, दीपक हुडा, राहुल त्रिपाठी, दिनेश कार्तिक (विकेटकीपर), युजवेन्द्र चहल, अक्षर पटेल, रवी बिश्नोई, हर्षल पटेल, आवेश खान, अर्शदीप सिंह र उमरान मलिक छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *