Rato Pana
Headlines

 नेपाली कांग्रेस कार्य सम्पादनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय।

काठमाण्डाै – नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेकाे कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने सर्वसहमतिले निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाश शरण महतले जानकारी दिनुभयो ।

बैठकमा पार्टी सभापति शेर बहादुर देउवा ज्यु ले बरिस्ठ नेता एवम् पुर्व सभामुख रामचन्द्र पौडेललाई राष्ट्रपतिकाे उम्मेदवार बनाउने प्रस्ताव गर्नुभएको र सर्वसहमतिले निर्णय गरेको उहाँले बताउनुभयो ।

पौडेलले आजै नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गर्नुहुने जानकारी समेत गराउनु भयाे ।

यसअघि हिजो बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति चुनावमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका थिए । 

अन्तिम अपडेट: फागुन १३, २०७९

सम्वन्धित समाचार

Leave a Comment