Categories समाचार समाज

रू ५ मै खाना खुवाउने अभियान पाँचौं हप्ता पनि निरन्तर

Advertisement

पर्सा । फोर जि आर संस्थाले सम्मान जनक भावले रू ५ मै खाना खुवाउने अभियानलाइ आज पाँचौं सप्ताह पनि निरन्तरता दिएको छ ।

संस्थाले “घरको खाना सबैको चाहना” भन्ने नारा सहित हरेक साताको एक दिन ( सोमबार ) रु ५ मै खाना खुवाउने अभियानलाइ निरन्तरता दिदै घंटाघरको छेउमा रहेको पार्क अगाडि स्टल राखेर खाना वितरण गरेको हो ।

Advertisement

कसैको सम्मानमा ठेस नपुर्‍याइ भोक मार्ने उदेश्य सहित अहिलेका लागी साताव्यापी कार्यक्रम अनुसार यश अभियानलाई निरन्तरता दिइएको संस्था कि अध्यक्ष नुतन सरावगीले बताउनुभयो ।

Advertisement

तैयार पारिएका ५५ वटा खानाको डब्बा र पानीको बोतल स्टल राख्नासाथ सकिएको र स्थानीय व्यापारी, विधार्थी, रिक्साचालक, तिजको किनमेल गर्न आउने लगायतकाले खाना किनेको संस्थाका सदस्य अनिशकान्त कुश्वाहाले जानकारी गराए ।

पछिल्लो सप्ताहरुमा संस्थाका सदस्यहरूले आफ्नै घरबाट खाना पकाएर ल्याउने गरेको सेवा बाट प्रभावित भएर यो हप्ता खाना सेवामा स्वाति अग्रवाल, सरोज घिरैया र पानी सेवामा उमा शंकर जि, निरंजन चौधरीले संस्थालाई सहयोग पुर्याएका हुन ।

सो कार्यक्रममा अफसाना खान, दिप्ती, नैन्सी अग्रवाल , अनिशकान्त कुश्वाहा, लगायतको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *