Categories समाचार स्वास्थ्य

क्लबद्वारा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

पर्सा । रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिस र रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

महिनावारी, किशोरावस्था, डेंगु र हात धुने बारे मेडिकल विद्यार्थीहरुको सहयोगमा आज (शुक्रवार) बिहान वीरगन्जको श्री नेपाल रेल्वे माध्यमिक बिधालयमा कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

डाक्टर आनन्द झाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बिधालयका प्राध्यापक मुनिलाल कर्ण, वीरगन्ज माहानगरपालिका वडा नम्बर ०९ का अध्यक्ष जवाहर प्रसाद गुप्ता, रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसका अध्यक्ष सुरेस गोर्खाली, सचीव चन्दन सिंह र ट्रेजर नन्दन चौरासीयाको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रमा नेसनल मेडिकल कलेजका बि. एस. सि. नर्सिङका विद्यार्थी सोनी यादव, ममता चौहान , सुजाता करखेति र एम. बि.बि. एसका बिद्यार्थी प्रमोद प्रसाद गुप्ता,मनोज जङ्ग थापा , योगेन्द्र पन्त , अमित चन्द ठकुरी , चान्दनी पान्डे, अन्जना लाम्साल , प्रतिका माहासेठको सहयोगमा कक्षा ६ देखी कक्षा १० सम्मका दुइ सय बिद्यार्थीलाई स्वास्थ्य सचेतना कार्यक्रम गराएको रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसका कम्युनिटी सर्भिस डाइरेक्टर आनन्द साहले जानकारी गराए।

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसका सल्लाहकार अमित शर्मा,फाइनान्स प्रमुख रोनक तुलसयान, ट्रेजर अञ्जली गर्ग, उप- सचीव दिपु बर्णवाल र रेसु अग्रवाल, रिचा सरार्फ लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *