Rato Pana
धर्म/संस्कृति

आज विश्वकर्मा पुजा धुमधामका साथ देशै भर मनाइदै

वीरगन्ज । आज असोज १ गते भगवान विश्वकर्माक पूजा धुमधामका साथ देशै भर मनाइदैछ ।

आज भगवान विश्वकर्मा बाबाको जन्म दिन भएको हुनाले यस दिनमा विश्वकर्माको पुजा गरी विश्वकर्मा जयन्ती मनाइने गरिन्छ । यस दिन उद्योग, कलकारखाना र सबै किसिमका मेसिनहरुको पूजा गरी मनाइन्छ । 

कलकारखानाहरुमा यस दिनको ठूलो महत्त्व रहेको छ । विश्वकर्मा पूजा बीकलाकार,औद्योगिक व्यापारी र मजदुरहरुले गर्ने गर्छन । आजका दिन कालीगढले उपयोगमा ल्याउने औजारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, नबिग्रने र राम्रो काम गर्न सकिने लगायतका धार्मिक विश्वास रहेको छ ।

विश्वकर्मालाई सबैभन्दा पहिलो इन्जिनियर तथा वास्तुकार भनेर मानिने चलन रहेको छ । उनले तीनै लोकको निर्माण गरेको भन्ने धार्मिक जानकारहरु बताउँछ । भगवान महादेवले ब्रह्मा तथा विष्णुलाई सृष्टिको सृजनाको छुटा छुट्टै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएको भन्ने मान्यता रहेको धार्मिक जानकारहरुले बताउने गरेका छन् ।

सम्वन्धित समाचार

Leave a Comment