Categories विदेश समाचार

पानी नदिदा नेपालीहरुलाई भारत आवतजावतमा समस्या

Advertisement

भारतीय पक्षलाइ पानी नदिन ठोरी ३ का पूर्व वडाध्यक्ष सूर्य बहादुर लामाको संयोजकत्वमा ठुटेखोला पानी बचाउ संघर्ष समिति गठन गरी स्थानीयहरुले आन्दोलन गर्ने चेतावनी समेत दिंदै आएका छ्न् ।

पर्सा । पर्साको पश्चिमी नाका ठोरीमा नेपाल भारत आवागमनमा समस्या उत्पन्न भएको छ । गत सोमबारदेखि भारतीय पक्षले भारतीय र नेपालीहरुलाई आवतजावतमा रोक लगाएका हुन् ।

केहीदिन अघि नेपाली भूमिबाट निर्माण गरेको कुलो खोलाले बगाएको र पुनः निर्माण गर्न नेपाल पक्षले नदिने बताएका कारण भारतीय कुलो उपभोक्ताहरुले नेपालीहरुलाई भारत जान रोक लगाएका छ्न् ।

Advertisement

भारतीय पर्यटकहरुलाई समेत नेपाल प्रवेशमा रोक लगाएका हुन् । भारतीय किशानहरुलाई नेपालबाट एउटा कुलो दिएको तर केही किशानहरुले पुनः अर्को कुलो निर्माण गरी लगेपछि नेपाली उपभोक्ताहरुले जथाभावी पानी दिन नहुने बताउँदै आएका थिए ।

Advertisement

भारतीय किशानहरुले बनाएका नयाँ कुलो ठुटेखोलाको बाढीले बगाएर लगेपछि नेपालीहरुले पुन: कुलो बनाउन रोक लगाएका कारण यस्तो समस्या उत्पन्न भएको हो।

नेपाली भुमिबाट एउटा कुलो भारतीय लाई दिंदादिदै पुनः अर्को कुलो बनाएर लानुपर्ने कुनै अवस्यक नभएको र यदि आवस्यक नै भए दस गजा बन्दा दक्षिणबाटै कुलो बनाएर भारतीयले पानी लैजानुपर्ने नेपाली किशानहरुको अडान छ।

भारतीय पक्षलाई नेपाली भूमिबाट पानी दिएको भन्दै ठोरी ३ का पूर्व वडाध्यक्ष सूर्य बहादुर लामाको संयोजकत्वमा ठुटेखोला पानी बचाउ संघर्ष समिति गठन गरी स्थानीयहरुले आन्दोलन गर्ने चेतावनी समेत दिंदै आएका छ्न् ।

प्रतिदिन हजारौंको संख्यामा भारतीय पर्यटकहरु नेपाल नआउँदा ठोरी बजार र ठोरीका पर्यटकीय स्थलहरु सुनसान भएको ठोरीबजारका स्थानीय होटल व्यवसायी परशुराम नेपालले बताए ।

नाकामा आवत जावतमा समस्या भएकाले यसको प्रभाव भारतीय बजार भिखना ठोरीमा समेत परेको छ । नेपालीहरुले दैनिक उपभोग्य सामग्रीहरु भिखना ठोरीबाट नै ल्याउने गरेकाले तीनदिन देखि आवागमनमा समस्या भएका कारण भिखना ठोरीमा समेत चहलपहल शून्य छ ।

दशैं तिहार जस्ता महान् पर्व नजिकिंदै गएका र रोजगारीका निम्ति भारत गएका नेपालीहरु घर आउने समय भएको हुँदा सम्बन्धित निकायले अबिलम्ब समास्याको समाधान तर्फ लाग्नुपर्ने स्थानीयहरुको भनाइ छ । रास्ट्रसंदेशबाट संभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *