वीरगन्ज । दुबईमा कार धुने गुल्मीका भरत विकले लक्की ड्रमा जिते ३५ करोड जितेका छन् ।
केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्।
गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन्। मासिक १,३०० मात्रै कमाउने उनी सबैभन्दा कम कमाउने विजेता मध्येका एक हुन्।
मजुजले साप्ताहिक रूपमा खुलाउने यो चिठ्ठामा भरतले दुई वर्षदेखि काटिरहेका थिए। अन्ततः उनको भाग्य खुल्यो र अहिले उक्त चिठ्ठा जित्न सफल भएका हुन ।
लक्की ड्र मार्फत करोडपती बनेपनि गाडी धुने काम नछाड्ने विकले खुसी हुदै बताएका छन् ।








