Categories राजनीति समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचा पत्र’ सार्वजनिक

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते हुने निर्वाचनका लागि ‘वाचा पत्र’ सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी चुनावी वाचा पत्र सार्वजनिक गरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले वाचा पात्रमा कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ ।

Advertisement

साथै, शासकीय स्वरूपबारे पनि वाचा पत्रमा उल्लेख गरिएको छ । जसमा वडाअध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने सो पार्टीको वाचा पत्रमा उल्लेख छ ।

Advertisement

यस्तै राष्ट्रियसभाका अध्यक्ष पदेन उपराष्ट्रपति हुने, जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गरेको छ । यस्तै प्रदेश परिषद, राष्ट्रियसभा र संवैधानिक परिषद्लाई पनि शासकीय स्वरूपमा समावेश गरेको छ ।

पार्टीका अध्यक्ष रवि लामिछानेले आफूले चुनावमा गरेका बाचा पूरा नगरे मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार रहेको बताएका छन् । मतदातालाई कारबाहीको व्यहोराको कागज तयार गरेर राख्न आग्रह गर्दै उनले त्यसमा आफूले ल्याप्चे लाउने बताए ।

आज बाचा पत्र सार्वजनिक गर्दै लामिछानेले भने, ‘हामीले गरेको बाचा पूरा नगरेमा के गर्नुहुन्छ त्यसको ड्राफ्ट तयार गरेर राख्नुहोला र तपाईंलाई के कारबाही गर्न मन छ, त्यसमा लेख्नुहोला, म हस्ताक्षर गरेर आउँछु । तपाईंहरुले त्यसलाई फ्रेममा राखेर राख्नुहोला ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *