Categories समाचार

मतपेटिका खोसाखोस हुनथालेपछि ३ राउन्ड गोली चल्यो ।

Advertisement

सिराहा ।  सिराहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल बुथमा गोली चलेको छ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुनथालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो । 

Advertisement

स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । 

Advertisement

मतपेटिका तानातानले केहीबेर तनाव भएको मतदान केन्द्रमा समस्या समाधान गरी मतदान सुरु गरिएको छ।

सांकेतिक तस्बिर
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *