Categories समाचार

मतदान केन्द्रभित्रै पटका पड्काइएपछि एक मतदान केन्द्रमा मतदान स्थगित

Advertisement

विराटनगर । मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो । 

विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो । बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । 

Advertisement

‘सुरुमा बम विष्फोटको हल्ला चलेको थियो । बुझ्ने क्रममा पटका पड्काएको पाइएको छ,’ उनले भने, ‘मतदाताबीच भगदौड मच्चिएपछि केहीबेरका लागि मतदान स्थगित भएको छ । पुनः मतदान सुरु गर्ने तयारी हुँदै छ ।’ मतदान केन्द्रभित्र कसले पटका लग्यो र पड्कायो भन्ने बारेमा यकिन हुन बाँकी रहेको दाहालले बताए । 

Advertisement

घटनामा संलग्नको खोजी भइरहेको जानकारी उनले दिए । सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएका कारण ढुक्कसँग मतदानमा सहभागी हुन प्रजिअ दाहालले सबैमा आग्रह गरेका छन् । अन्नपूर्ण पोस्ट

सांकेतिक तस्बिर
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *