Categories समाचार

मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाइयो

Advertisement

काठमाडौं । मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । मधेशी आयोगले मधेशी समुदायको थर सूचीकरण २०७८ को उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाएको हो।

थारु र मुस्लिम आयोगसँगै थारु साहित्य समाज, थारु कल्याणकारिणी सभालगायात दर्जनौं संघ-संस्था मधेशी आयोगमा थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाउन निवेदन दिएपछि हटाएको मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले जानकारी दिएका छन्।

Advertisement

आयोगका अध्यक्ष डा.दत्तले सरोकारवाला संवैधानिक आयोगहरुले नै ‘हामी मधेसी होइनौं’ भनेपछि मधेशी आयोगले सो निर्णय गरेको बताए।

Advertisement

मधेशी आयोगको उपसचिव सबिता डंगोलले बिहीबार एक विज्ञप्ति जारी गर्दै मधेशी आयोगले थारु र मुस्लिम आयोगका अध्यक्षसहितका पदाधिकारीहरुले सार्वजानिक रुपमा थारु र मुस्लिम समुदायको अलगै पहिचान र सभ्यता रहेको बताएपछि मधेशीको सूचीबाट हटाएको जानकारी गराएकी छन्।

उनका अनुसार आयोगको यही मंसिर २० गतेको बैठकले सूचिकृत समूहबाट मुस्लिम र थारुलाई हटाउने निर्णय गरेको हो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *