Categories राजनीति समाचार

जसपाको केन्द्रीय समिति बैठक शुरु, भट्टराई पक्ष अनुपस्थित ।

Advertisement

श्याम सरार्फ

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक शुरु भएको  छ । बुधवार वीरगञ्जमा सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा देशभरबाट करिव ६ सय जना सहभागी भएको जनाइएको छ ।

Advertisement

बैठकमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वागत मन्तव्य राखेका छन् । बैठकमा केन्द्रीय सदस्य, कार्यकारिणी सदस्यहरुसहित १३ जनाले मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।  बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको उपस्थिति छैन ।

Advertisement

पार्टीका बरिष्ठ नेता अशोक राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री महम्मद इस्तियाक राई, बन तथा वातावरण मन्त्री प्रदीप यादव, संघिय मामिला तथा प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि मन्त्री मृगेन्द्र कुमार सिंह यादव, केन्द्रीय सदस्य आङ्काजी शेर्पा, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरु बैठकमा सहभागी छन् । 

रातोपाना/अमित अग्रवाल
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *