Categories समाचार

चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै मन्त्री लाई ज्ञापन पत्र

Advertisement

काठमाडौं । चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै राष्ट्रिय एकता अभियानले भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवसहितको टोलीले मंगलबार सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो ।

Advertisement

हालै गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको समाचारहरूप्रति राष्ट्रिय एकता अभियानले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षणसमेत गराएको छ ।

Advertisement

‘अन्तर्राष्ट्रिय कानून र मूल्यमान्यताको उल्लंघन गर्दै नेपाल–चीन सीमाको रुइलालगायतका विभिन्न क्षेत्रमा भैइरहेको अतिक्रमण दुई देशबीचको मित्रताको अपमान मात्र नभई सम्पूर्ण नेपालको सार्वभौमसतामाथि नै ठाडो चुनौती हो ।’

अध्यक्ष यादवले ज्ञापनपत्रमा भनेका छन्, ‘चीनद्वारा नेपालको भौगोलिक अखण्डतामाथि पटक पटक हुने प्रहारको जति निन्दा गरे कम हुन्छ ।’

हालको सरकार गठन भएको सुरुआती अवस्थामा नै नेपाल–चीन सीमामा हुने अतिक्रमणहरूविरुद्ध चालिएको कदमहरू प्रशंसनीय रहेको यादवले भनेका छन् ।

सरकारको सुरूआती कदमहरूले राष्ट्रवादी जनता उत्साहित भएपनि सरकारले गरेका कुटनैतिक प्रयासहरूको वावजुद पनि सीमा अतिक्रमण जारी हुनु दुःखद रहेको अभियानको ज्ञापनपत्रमा उल्लेख छ ।

सरकारबाट सिमा रक्षाका लागि गरिएको प्रयासहरूवाट अपेक्षित परिणाम हासिल हुनसक्दा नेपाली जनता पुनः दुखित र अधैर्य भएको अभियानले ज्ञापनपत्रमा भनेको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘हामी यस सरकारबाट सीमा अतिक्रमणबारे निर्णायक र कठोर कदम चालिने अपेक्षा राख्दै सरकारका हरेक कदमहरुमा अभियानको पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जनाउन यो ज्ञापनपत्र बुझाइएको अवगत गराउन चाहन्छौं ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *