पर्सा । नेपाललाई विश्वमा चिनाउन भन्दै वीरगञ्जका एक युवाले वीरगञ्जदेखि भारतको राजधानी दिल्लीसम्म पैदल यात्रा सुरु गरेका छन् ।
आज बिहान वीरगञ्जको घण्टाघर चोकमा मुन्नालाई वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले विदाइ गरेका हुन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का शेख मुन्नाले यसअघि घोषणा गरे अनुरुप शनिबारदेखि वीरगञ्जबाट दिल्लीसम्मको १ हजार ६० किलोमिटरको पैदल यात्रा सुरु गरेका हुन् ।
नेपाल र भारतको झण्डासहित नेपाली राष्ट्रिय पोशाकमा दिल्ली प्रस्थान गरेका मुन्नालाई विदाइ गर्ने क्रममा सामाजिक अभियन्ता प्रकाश थारु, युवा नेता ओमप्रकाश सरार्फ लगायतको पनि उपस्थिति रहेको थियो ।
नेपाललाई विश्व ब्यापापी रुपमा चिनाउने ,पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल–भारतको रोटी–बेटी एवं जनको सम्बन्धलाई अझै बलियो बनाउने उद्देश्यका साथ यो पैदल यात्रा थालेको मुन्नाले बताए ।







