Categories समाचार समाज

पैदलयात्री काठमाडौंमा, सिर्सिया नदि प्रदुषणमुक्त बनाउन माइतीघर मण्डालामा धर्ना शुरु

Advertisement

वीरगन्ज । वीरगन्जको सिर्सिया नदि प्रदुषणमुक्त बनाउन सरकारलाई दबाब दिनका लागि सामाजिक अभियन्ताहरु वीरगन्जदेखि काठमाडौँसम्म ११ दिन पैदल हिडेर पुगेका छन् ।

माइतीघर मण्डाला पुगेको टोलीले धर्ना दिएर बस्ने टोलीमा सहभागी अभियन्ता सरोज रायले जानकारी गराउनुभयो ।

Advertisement

विभिन्न समस्या र अवरोधलाई पार गर्दै टोली पैदल हिडेरै काठमाडौं पुगेको हो ।

Advertisement

चुरे तथा वनजंगल संरक्षण अभियानले सिर्सिया नदिलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिनका लागि बिहीबारबाट वीरगन्जदेखि काठमाडौँसम्मको पदयात्रा सुरु भएको थियो । अभियानका राष्ट्रिय संयोजक सुनिल यादवको नेतृत्वमा दर्जनौं अभियान्ताहरु उक्त पैदल यात्रामा सहभागी थिए ।

वीरगन्ज नाकाको शंकराचार्य प्रवेशद्वारस्थित सिर्सिया नदिमा पुगेर त्यहाको प्रदुषित पानी बोत्तलमा भरेर बिहिबार देखि पदयात्रा प्रारम्भ गरिएको थियो ।

सिर्सिया नदीलाई प्रदुषण र अपहरणमुक्त गराउन तथा भूमिहीनहरुको भूमि अधिकार, रोजगारीका साथै चुरे वनजंगल संरक्षणका निम्ति जनआवाज आन्दोलनअन्तर्गत बिहीबारदेखि विरोध स्वरूप पदयात्रा सुरु गरिएको यादवको भनाई छ ।

संयोजक यादवले वीरगन्जबाट सुरु गरिएको पदयात्रा ११औँ दिनमा काठमाडौं पुगेर सिंहदरबारको गेट अगाडि सिर्सिया नदिको प्रदुषित पानी पोख्ने र त्यसो गर्दा पनि सरकारले नसुने आफूहरु माइतिघरमा अनिश्चितकालीन धर्नामा बस्ने जानकारी दिए अनुसार आज ११औँ दिन मण्डाला पुगेर धर्ना शुरु गरिएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *