Categories समाचार

भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले उचित मूल्य पाएन भन्दै टमाटर फालेर विरोध प्रदर्शन

काठमाडौं । कालिमाटी तरकारी बजारमा टमाटर फ्याकेर विरोध गरिएको छ। नेपाली तरकारीको मूल्य नपाएको भन्दै किसानहरुले आइतबार बिहान कालीमाटी बजारमा टमाटर फ्यालेर विरोध प्रदर्शन गरेका हुन्। 

भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले उचित मूल्य पाउन नसकेको, उत्पादित तरकारी बिक्री नभएको भन्दै उनीहरुले टमाटर फालेका छन् । समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने जस्ता समस्याबारे सरकार मूकदर्शक भएको उनीहरुले आरोप लगाएका छन्।

Advertisement

किसानले भारतीय टमाटरको भाउ ४० देखि ५० रुपैयाँ प्रतिकिलो हुँदा स्वदेशी गोलभेडा ५ रुपैयाँमा पनि बिक्रि हुन नसकेको उनीहरुको भनाई छ । 

Advertisement

उत्पादित तरकारीको लागत मूल्यसमेत नउठेको किसानको गुनासो छ। टमाटर सडकमा फालेपछि हटाउन जेसीबी प्रयोग गर्नुपरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *