Categories समाचार

सुन तस्करीमा सघाएको आरोपमा भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ

काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन तस्करीमा सघाएको आरोपमा त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका तीन जना कर्मचारीलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, भन्सार जाँचकी सरोज श्रेष्ठ र प्राविधिक कुमार ढकाल रहेको विभाग स्रोतले जनाएको छ। भन्सारका कर्मचारीसँगै विभागले थप अनुसन्धानका लागि तीन जना भन्सार एजेन्टलाई समेत पक्राउ गरेको छ। 

Advertisement

विभागले गत साता विमानस्थल भन्सार कार्यालयको गोदामबाट बाहिर लैजाँदै गरेको अवस्थामा एक क्विन्टल सुन बरामद गरेको थियो। सो प्रकरणमा विभागले चिनियाँ र भारतीय नागरिकलाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको छ। 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *