Categories समाचार

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ ।

वीरगञ्ज । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । 

साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताए ।

Advertisement

बोर्डले नतिजा सार्वजनिक गर्न दिउँसो बोर्ड बैठक बोलाएको छ । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । 

Advertisement

कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हाराहारीमा विद्यार्थी सहभागी भएका थिए ।

यसरी हेर्नुहोस् नतिजा

कक्षा १२ को नतिजा प्रकाशित हुनासाथ १६०१ मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट NEB <SPACE><SYMBOL NUMBER> टाइप गरी १६०० मा पठाएर वा मोबाइलबाट *1600# डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिचेर वा वेबसाइटमा https://neb.ntc.net.np बाट सजिलैसँग नतिजा प्राप्त गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *