Categories समाचार

वीरगन्जमा पनि मनाइयो राष्ट्रिय बाल दिवस

Advertisement

वीरगन्ज । बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ शुक्रबार वीरगन्जमापनि ५९ औं राष्ट्रिय बाल दिवस मनाइएको छ ।

वीरगन्ज महानगरपालिकाको आयोजनामा शुक्रबार वीरगन्जमा स्कुले बालकालिकाको सहभागीतामा रयाली निकालेर बाल दिवस मनाइएको हो । शुक्रबार बिहान घण्टाघर चोकबाट निकालिएको रयाली माईस्थान, आदर्शनगर , घडीअर्वा हुदैं पुन घण्टाघर चोकमै पुगेर समापन भएको थियो ।

Advertisement

रयालीपछि आयोजित कोणसभालाई वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्ण , महानगरपालिकाको बालबालिका समितिकी संयोजक कनिका कौशीक लगायतकोपनि सहभागीता थिए ।

Advertisement

रयालीमा वीरगन्ज महानगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी , शिक्षक शिक्षिकाका साथै शिक्षाप्रेमीहरुको सहभागीता थियो ।

नेपालमा बालबालिकाका क्षेत्रमा लगानी बढाउनु पर्नेमा उल्टै घट्न थालेको छ । पालिकाहरुले विनियोजन गर्नुपर्ने बजेट पनि अनिवार्य नगर्दा बालबालिकाको समग्र क्षेत्रमा असर पर्न थालेको छ । बालअधिकारकर्मीहरुले तीनै तहका सरकारले बालबालिकाको क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् ।

नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।

२०२२ सालदेखि भदौ ४ गते मनाउन शुरु गरिएको बाल दिवस २०६३ साल पछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *