Categories समाचार

नक्कली भारतिय नोट लिएर भाटभटेनीमा समान किन्न गएका युवक पक्राउ

Advertisement

काठमाडौँ । विराटनगर महानगरपालिका–६ मा संचालित भाटभटेनी सुपर मार्केटमा समान किन्न गएका युवकलाई प्रहरीले नक्कली भारतिय नोट सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–६ घर भएका ३४ वर्षीय ईशान अन्सारी छन् ।

शनिबार पक्राउ परेका अन्सारीको साथबाट प्रहरीले ५ सय दरको ७ थान र २ सय दरको २० थान नक्कली भारतीय नोट बरामद गरेको छ । उनले भाटभटेनीमा १ हजार ६ सय बराबरको सामान खरिद गरेका थिए । 

Advertisement

वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले अन्सारीले प्रयोग गरेको बा१६च ७६१३ नम्बरको कारपनि बरामद गरेको छ । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *