Categories समाचार

गाँजा बिक्रीवितरण गरेको आरोपमा एक महिला पक्राउ

Advertisement

वीरगन्ज । महोत्तरीको भंगहा नगरपालिकामा लागूऔषध गाँजा बिक्रीवितरण गर्ने गरेको आरोपमा एक महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भंगहा नगरपालिका ९ हरिनमरीका सुनिल राम चमारका श्रीमती वर्ष २७ कि रिना कुमारी देवी रहेकी छन् ।

Advertisement

गोप्य सूचनाको आधारमा आज बिहान साढे १० बजे उनको घरमा प्रहरीले चेकजाँच गर्दा २५० ग्राम गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सीतापुर प्रहरी चौकीको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।

Advertisement

उनको श्रीमानको खोजी जारी भइरहेको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *