Categories समाचार

बचतकर्ताको झण्डै साढे ४ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

Advertisement

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईलाई पक्राउ गरेको छ । बचतकर्ताको झण्डै साढे ४ करोड रुपैयाँ अपचलन तथा हिनामिना गरेको आरोपमा सीआईबीको टोलीलाई उनलाई पक्राउ गरेको हो । 

संचालक समितिका  सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिने भन्दै प्रलोभन देखाएर रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा लगाएका थिए । 

Advertisement

बचतकर्ताहरुको हालसम्म प्राप्त जाहेरी अनुसार चार करोड उनान पचास लाख उनान सय हजार चार सय त्रिचालिस रुपैयाँ   बचत रकम अपचलन तथा हिनामिना भएको देखिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

Advertisement

काभ्रेको देउराली गाउँपालिका वडा नम्बर ६ स्थायी ठेगाना भएका चौलागाईमाथि  आवश्यक अनुसन्धान कार्य भैरहेको  अधिकारीले जानकारी दिए । ब्युरोले उक्त सहकारीबाट पीडित अन्य निक्षेपकर्तालाई पनि यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *