Categories समाचार

बारा, पर्सा र रौतहटबाट महिनवारी उठाइरहेका नक्कली प्रहरी पक्राउ

Advertisement

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट एक जना नक्कली प्रहरीलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं. २३ हरपतगञ्जबाट बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं. ८ लक्ष्मीटोल निवासी ४५ बर्षिय गोबिन्द महतो कोईरीलाई पक्राउ गरेको हो ।

Advertisement

कोईरीले ५/६ महिनादेखि म मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिआएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भनी महिनवारी रकम उठाइरहेको सूचनाको आधारमा सुगौली विर्ता केमिकल कम्पनी अगाडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

हरपतगञ्जस्थित ब्यापारीहरुसँग महिनावारी रकम उठाईरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले बुधबार दिउसो १ः३० बजे कोईरीलाई नियन्त्रण लिई थप अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *